काठमाडौँ । राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र उत्पन्न परिस्थितिबारे छलफल गर्न कांग्रेसले भोलि पदाधिकारी बैठक बोलाएको छ । दिउसो १ बोलाइएको बैठकमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी उपस्थित हुने छन् ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार र प्रधानमन्त्रीको इच्छाअनुसार राष्ट्रपति चलेको भन्दै यसको विरोध गरिने बताउनुुभयो । अध्यादेश, सरकारको सर्वसत्तावादी रवैया र राष्ट्रपतिको भूमिकाको विषयमा समेत छलफल गरेर पार्टीभित्र साझा धारणा बनाउन पदाधिकारीको बैठक बस्न लागेको उहाँले जानकारी दिनुुभयो ।