Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राजसंस्था पुनःस्थापनाको माग राख्दै देशव्यापी संघर्ष गर्ने राप्रपाको घोषणा

राजसंस्था पुनःस्थापनाको माग राख्दै देशव्यापी संघर्ष गर्ने राप्रपाको घोषणा

  • बिहिवार, पौष २ २०७७

  • 1.1K
    SHARES

  • राजसंस्था पुनःस्थापनाको माग राख्दै देशव्यापी संघर्ष गर्ने राप्रपाको घोषणा

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टीको केन्दीय सचिवालय कार्य व्यवस्था समितिको बिहीबार बसेको बैठकले यही पुस १२ गतेदेखि पहिलो चरणको आन्दोलन गर्ने निर्णय गरेको हो।

    भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकार असफल भएको भन्दै राप्रपाले देशव्यापी पदर्शन गर्ने भएको छ । सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको राप्रपाले जनाएको छ।

    सार्वजनिक गरिएका कार्यक्रममा पुस १२ गते ७७ वटै जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाइने छ।  पुस १२ गतेदेखि २१ गतेसम्म जिल्ला सदरमुकाम तथा ठूला सहरमा मोटरसाइकल र्‍याली गर्ने र पुस १५ गतेदेखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने निर्णय गरेको राप्रपाले जनाएको छ।

    त्यस्तै बैठकले सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धी विनियमावली २०७७, निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका संशोधन सहित पारित गरेको छ । पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक पुस ६ र ७ गते काठमाडौंमा बोलाउने निर्णय पनि बैठकले गरेको छ । राप्रपाका अनुसार पुस चौथो हप्तादेखि भने दोस्रो चरणका कार्यक्रम सञ्चालन हुनेछ। 

     

     


    बिहिवार, पौष २ २०७७१२:२७:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij