Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस संसदीय दलको बैठक सुरु

कांग्रेस संसदीय दलको बैठक सुरु

  • शुक्रवार, पौष ३ २०७७

  • 1.1K
    SHARES

  • कांग्रेस संसदीय दलको बैठक सुरु

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । बैठक संसद भवन नयाँ बानेश्वरको एक हलमा अहिले बसिरहेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र संसद अधिवेशन बोलाउन आनाकानी गरेको बारेमा कांग्रेसले आज छलफल गर्न लागेको हो । संसदीय दलको कार्यसमितिले संसद अधिवेशन बोलाउन र अध्यादेश फिर्ता गर्न दवाव दिनका लागि रणनीति तयार पार्ने जनाइएको छ ।

    कार्यसमिति गठन भएपछि दोस्रोपटक बस्न लागेको बैठक विषेश गरी यिनै दुई विषयमा केन्द्रीत हुने सांसदहरुले बताएका छन् ।
    प्रधानमन्त्री ओलीले केही दिन अगाडि एकाएक अध्यादेश जारी गर्दै संवैधानिक परिषद् सम्वन्धी व्यवस्था परिवर्तन गरेपछि कांग्रेसका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

    बैठकले अध्यादेश तत्काल फिर्ता लिन र संसद अधिवेशन बोलाउन माग गरेको थियो । तर दुवै मागलाई प्रधानमन्त्री ओलीले अटेर गरेकाले थप दवाव दिन संसदीय दलको कार्य समितिको बैठक बोलाइएको कांग्रेस सचेतक पुष्पा भुसालले नेपाली नेटवर्कलाई जानकारी दिनुभयो ।


    शुक्रवार, पौष ३ २०७७११:४१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij