Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि, ७३९ जना कोरोनामुक्त

नेपालमा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि, ७३९ जना कोरोनामुक्त

  • बिहिवार, पौष ९ २०७७

  • 1.2K
    SHARES

  • नेपालमा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि, ७३९ जना कोरोनामुक्त

    काठमाडौँ । पछिल्लो २४ घण्टामा बिहीबार थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि हुनेमा २३३ महिला र ३८० जना पुरुष रहेका छन् । हालसम्म नेपालमा २ लाख ५६ हजार ५९२ संक्रमितको संख्या पुगेको छ ।

    त्यसैगरी २४ घण्टामा ७३९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको २ लाख ४७ हजार ४०० संख्या पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ७ हजार ३८४ छ ।

    मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १८ लाख ९६ हजार २५० परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा ५ हजार ५१० पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४०० रहेको छ । कोरोना संक्रमणबाट २४ घण्टामा थप ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०८ जना पुगेको छ ।

     


    बिहिवार, पौष ९ २०७७०४:२४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij