Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

२०२२ देखि आईपीएलमा १० टिमले प्रतिस्पर्धा गर्ने

२०२२ देखि आईपीएलमा १० टिमले प्रतिस्पर्धा गर्ने

  • बिहिवार, पौष ९ २०७७

  • 1.8K
    SHARES

  • २०२२ देखि आईपीएलमा १० टिमले प्रतिस्पर्धा गर्ने

    भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)को साधारण सभाले ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा १० टिम राख्ने निर्णय गरेको छ। बीसीसीआईको बिहिबार सम्पन्न साधारण सभाले सन् २०२२ देखि आईपीएलमा १० टिम सहभागी गराउने निर्णय गरेको हो।

    फ्रेन्चाईज क्रिकेटमा दुई टिम थप गर्दै बीसीसीआईले १० टिम बनाउने निर्णय गरेको हो । टिमको संख्या वृद्धि भएसंगै ९४ खेल आयोजना हुनेछ ।प्रतियोगिता सञ्चालन गर्न कम्तिमा साढे २ महिना लाग्नेछ । बैठकले बीसीसीआईको उपाध्यक्ष राजीव शुक्लालाई चयन गरेको औपचारिक घोषणा गरेको छ ।

    शुक्ला सर्वसम्मत उपाध्यक्षमा चयन भएका हुन् । पूर्व राज्यसभा सांसद शुक्ला यसअघि एन श्रीनिवासन अध्यक्ष रहेको समय उपाध्यक्ष पदमा रहेका थिए ।

     


    बिहिवार, पौष ९ २०७७०५:२०:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij