Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

आयात घटे पनि आयल निगमले एकै वर्षमा कमायो १२ अर्ब ८७ करोड

आयात घटे पनि आयल निगमले एकै वर्षमा कमायो १२ अर्ब ८७ करोड

  • सोमवार, पौष १३ २०७७

  • 789
    SHARES

  • आयात घटे पनि आयल निगमले  एकै वर्षमा कमायो १२ अर्ब ८७ करोड

    काठमाडौं । लकडाउनका कारण इन्धन आयात घटे पनि नेपाल आयल निगमले चालु आर्थिक वर्षमा झण्डै १३ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष निगमको नाफा ८ अर्ब ७५ करोड थियो ।

    निगमले आइतबार सार्वजनिक गरेको अन्तिम लेखा परीक्षण विवरणअनुसार १२ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा आर्जन भएको निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताउनुभयो ।

    आर्थिक वर्ष ०७६–७७ मा दुई खर्ब पाँच अर्ब रुपैयाँ बराबरको २५ लाख किलोलिटर इन्धन आयात गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ११ प्रतिशत्ले कम हो ।

    पाइपलाइनबाट ठूलो मात्रामा पेट्रोल आयात हुँदा ढुवानी खर्च घट्नु, अघिल्ला वर्षको नाफाबाट भएको ब्याज आम्दानी र निगममा आन्तरिक सुधारको काम हुँदा नाफा बढेको पौडेलले बताउनुभयो ।

     


    सोमवार, पौष १३ २०७७१२:३०:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij