Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ५४ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ५४ हजार नाघ्यो

  • आइतवार, पौष १९ २०७७

  • 693
    SHARES

  • नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ५४ हजार नाघ्यो

    काठमाडौँ – नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ५४ हजार नाघेको छ ।

    आज थप ६३७ जना संक्रमित डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या २ लाख ५४ हजार ४ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै आज थप ४ सय २१ जनामा संक्रमण पुष्टि भएको छ ।

    यससँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ । हाल देशभर ५ हजार ४ सय ८७ जना सक्रिय संक्रमित रहेका छन् भने गत २४ घन्टामा ५ हजार ८०० पीसीआर परीक्षण भएको छ ।

    यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८ सय ७८ पुगेको छ ।


    आइतवार, पौष १९ २०७७०५:४१:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij