Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

के कोरोना कहरले यौन जीवनमा असर पार्छ ?

के कोरोना कहरले यौन जीवनमा असर पार्छ ?

  • सोमवार, पौष २० २०७७

  • 1.7K
    SHARES

  • के कोरोना कहरले यौन जीवनमा असर पार्छ ?

    एजेन्सी । विश्वभर कोराना भाइरस (कोभिड –१९) महामारीको रुपमा फैलिरहँदा कसैलाई यसले यौन जीवनमा के असर पार्छ भन्नेबारे जिज्ञासा बढेको छ । वैज्ञानिकका अनुसार अहिलेसम्म यौनसम्बन्धमार्फत कोरोना भाइरस सर्छ भनेर पुष्टि भइसकेको छैन । तर कोही संक्रमित व्यक्तिको नजिक रहँदा भने संक्रमण हुन सक्छ ।

    file-20200728-13-o29jp6.jpg

    युनिभर्सिटी अफ इस्ट एंगालियामा मेडिसिन विभागका विशेषज्ञ पल हन्टरले यौन सम्बन्धलाई लिएर ब्रिटिस सरकारको तर्फबाट जारी भएको ताजा एडभाइजरीको मतलबबारे बुझाउने कोशिश गरेका छन् ।

    प्राध्यापक हन्टर भन्छन्, ‘यदि, पार्टनरमा कोरोना भाइरसको संक्रमणका कुनै लक्षण छैनन् भने यौन सम्बन्धबाट बच्न तपाईंसँग कुनै उपाय हुदँैन । तर, दुईमध्ये एकको स्वास्थवस्था खराब छ भने एक अर्काकोे सामिप्यताबाट टाढै रहनु उचित हुन्छ ।’

    merlin_168883107_3f21cf2f-d5f5-4222-9f30-3b52a8c88a77-articleLarge.jpg

    हन्टर र अर्का एक विशेषज्ञ अहिलेको अवस्थामा आफ्नो नियमित पार्टनरवाहेक अन्य व्यक्तिसँग यौन सम्बन्ध राख्नबाट बच्नुपर्ने बताउँछन् ।

    न्यूयोर्कको पब्लिक हेल्थ डिपार्टमेन्टका अधिकारीले यौन गतिविधिलाई लिएर नयाँ गाइडलाइन्स जारी गरेका छन् जसमा के सुरक्षित छ र के छैनबारे प्रष्ट बताइएको छ ।

    1205774817.jpg.jpg

    हामी दोस्रो व्यक्तिसँग गैरजरुरी सम्पर्क बनाउनबाट बच्नुपर्छ । दूरी बढाउनाले संक्रमण फैलिनबाट रोक्न सक्छ । चुम्बनको माध्यमबाट कोरोना भाइरस सजिलै फैलिन सक्छ । त्यसकारण यदि तपाईँ सिंगल हुनुहन्छ भने केही समय डेटिङ नजानुहोस् ।


    सोमवार, पौष २० २०७७०२:३६:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij