Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मुखर्जीको खुलासा, ‘राजा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न नेहरुलाई प्रस्ताव गरेका थिए’

मुखर्जीको खुलासा, ‘राजा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न नेहरुलाई प्रस्ताव गरेका थिए’

  • बुधवार, पौष २२ २०७७

  • 1.1K
    SHARES

  • मुखर्जीको खुलासा, ‘राजा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न नेहरुलाई प्रस्ताव गरेका थिए’

    एजेन्सी । गत वर्ष दिवंगत भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको नयाँ पुस्तक ‘द प्रेसिडेन्सियल इयर्स’मा नेपालबारे सनसनीपूर्ण भएको छ । नेपालका तत्कालिन राजा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न प्रस्ताव गरेको दाबी उक्त पुस्तकमा गरिएकोे छ ।

    यद्यपि, नेपाली राजा त्रिभुवनको उक्त प्रस्तावलाई भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले अस्वीकार गरेको पुस्तकमा उल्लेख गरिएको नवभारत टाइम्सले छापेको छ ।

    ‘सन् १९५० मा नेपालमा १०४ वर्षीय जहानियाँ राणा शासनको अन्त्य भएसँगै राजा त्रिभुवनले नेपाललाई भारतसँग गाभ्ने र नेपाल भन्ने भारतीय प्रान्त खडा गर्न प्रस्ताव गरेका थिए’, मुखर्जीको पुस्तकको अंशमा उल्लेख छ ।

    पुस्तकको ११ औं अध्यायमा ‘प्राइम मिनिस्टरः डिफरेन्ट स्टाइल्स्, डिफरेन्ट टेम्परामेन्टस’ शीर्षक छ , जसमा मुखर्जी लेख्छन्, ‘नेहरुको स्थानमा इन्दिरा गान्धी प्रधानमन्त्री भएको भए नेपाल भारतमा विलय भइसकेको हुन्थ्यो। उनले नेपाललाई सिक्किम जस्तो बनाइसकेकी हुने थिइन् ।’

    पुस्तकका अनुसार प्रस्तावको प्रतिवाद गर्दै नेहरुले त्रिभुवनलाई नेपाल एक स्वतन्त्र राष्ट्र भएको र नेपाल सँधै सार्वभौम हुनुपर्ने सुझाव दिएका थिए ।

    मुखर्जीको उक्त पुस्तकमा अन्य धेरै सनसनीपूर्ण खुलासा गरिएको छ । जसमा सन् २०१४ को चुवावमा युपिएले ब्यहोरेको हारका लागि सोनिया गान्धी र मनमोहन सिंहलाई जिम्मेवार ठहराइएको छ ।

    मुखर्जी भारसतका १३ औं राष्ट्रपति हुन् । उनले सन् २०१२ देखि २०१७ सम्म राष्ट्रपतिको भूमिका निर्वाह गरेका थिए ।

    मुखर्जीको गत वर्षको जुलाईमा ८४ वर्षको उमेरमा निधन भएको थियो । मंगलबार मात्र उनको पुस्तक सार्वजनिक भएको हो ।

     


    बुधवार, पौष २२ २०७७०३:३२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij