यूईएफए च्याम्पियन्स लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ । कोरोनाका कारण स्थगित लिग पुनः सुरु हुने भएपछि तालिका सार्वजनिक गरिएको हो ।
युरोपियन फुटबल एसोसिएसन (यूईएफए) ले आज (शुक्रबार) क्वार्टरफाइनलका लागी सार्वजनिक गरेको तालिका अनुसार बार्सिलोना र नापोलीबीचको विजेताले चेल्सी र बायर्न म्युनिखसँगको विजेतासँग खेल्नेछन् भने रियल मड्रिड र म्यानचेस्टर सिटीबीचका विजेताले युभेन्ट्स र लियोनबीचका विजेतासँग खेल्नेछन् ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इटालीको एटलान्टासँग प्रतिस्पर्धा गर्दा जर्मन क्लब आरबी लाइपजिगले एट्लेटिको मड्रिडको सामना गर्ने भएको छ ।
अगस्त ७ बाट सुरु हुने च्याम्पियन्स लिगको फाइनल खेल अगस्त २३ तय गरिएको छ ।