काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै छुट्टिएका नेकपाका नेताहरुले आज पनि छुट्टा छुट्टै धेरै कार्यक्रमहरुको आयोजना गरेका छन् ।
दुवै पक्षका कार्यक्रममा शिर्ष नेताहरु सहभागी हुने जनाइएको छ । प्रधानमन्त्री ओली निकट राष्ट्रिय युवा संघ नेपाल ललितपुर जिल्ला कमिटीले जिल्ला स्तरीय अगुवा युवा भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने तय गरेको छ । कार्यक्रम विहान ११ बजेपछि पाटन क्याम्पस, ललितपुरमा हुने भएको छ ।
ओली पक्षकै राष्ट्रिय युवा संघ नेपाल काठमाडौ निर्वाचन क्षेत्र नं. ७ क्षेत्रीय कमिटीले क्षेत्रीय कार्यकर्ता भेला कार्यक्रमको तयारी गरेको छ । पार्टीको क्षेत्रीय कार्यालय, वाइसधारामा हुने कार्यक्रम दिउसो २ बजेका लागि तय गरिएको छ ।
त्यसैगरी दाहाल नेपाल पक्षको नेकपाले आज नागरिक अगुवाहरुसँग अन्तरक्रिया गर्न लागेको छ । काठमाडौको इन्द्रेणी फुडल्याण्ड, नयाँ बानेश्वरमा दिउसो दुई बजे कार्यक्रम हुने तय भएको छ ।
दाहाल नेपाल पक्षकै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुर्यविनायक नगर कमिटीले सुर्यविनायक नगर स्तरीय कार्यकर्ता भेला कार्यक्रम गर्ने भएको छ । सुर्यविनायक रिसोर्ट, भक्तपुरमा दिउसो साढे दुई बजेपछि कार्यक्रम हुने जनाइएको छ ।