काठमाडौं । नेपालमा आज थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो ससँगै देशभर संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४८३ जना संक्रमित डिस्चार्ज भएका छन् । यो संगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ ।
हाल देशभर ५ हजार ५८ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै आज थप ४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९ सय ३ पुगेको छ ।