Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कतारबाट शुक्रबार फर्किएका केही व्यक्तिलाई कोरोना संक्रमणको आशंका

कतारबाट शुक्रबार फर्किएका केही व्यक्तिलाई कोरोना संक्रमणको आशंका

  • शनिवार, आषाढ २७ २०७७

  • 593
    SHARES

  • कतारबाट शुक्रबार फर्किएका केही व्यक्तिलाई कोरोना संक्रमणको आशंका

    काठमाडौं । कतारबाट शुक्रबार फर्किएका केही व्यक्तिलाई कोरोना संक्रमणको आशंका गरिएको छ । कोरोना संक्रमणको आशंका गरिएका एक बालिका र छ महिलासहित १४९ जनालाई होल्डिङ सेन्टरमा नलगी सीधै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनमा लगेर राखिएको छ ।

    कतार एयरवेयजबाट काठमाडौं आएकामध्ये केहीलाई कोरोना संक्रमणको आशंका भएपछि विमानस्थलबाट सिधै खरिपाटीस्थित क्वारेन्टिमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

    एउटै विमानमा आएका केहीलाई कोरोनाको आशंका भएपछि सबै यात्रुलाई नियमानुसार होल्डिङ सेन्टरमा लगेपछि त्यहाँको प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिए पनि उनीहरुलाई भने सीधै क्वारेन्टिन लगिएको हो ।

    क्वारेन्टिनमा लगेर पीसीआर परीक्षणको तयारी गरिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।


    शनिवार, आषाढ २७ २०७७११:१८:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij