काठमाडौँ – नेपालमा पछिल्लो चौबिस घण्टामा थप ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६६ हजार १४३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४१४ जना संक्रमित डिस्चार्ज भएका छन्।
हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५९ हजार ७७२ पुगेको छ। मंगलबार ४ हजार १ सय ५४ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
यस्तै पछिल्लो चौबिस घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ।