Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

अनुमति बिना बौद्धिक सम्पत्ति प्रयोग नगर्न दोहोरी गीत प्रतिष्ठानको चेतावनी

अनुमति बिना बौद्धिक सम्पत्ति प्रयोग नगर्न दोहोरी गीत प्रतिष्ठानको चेतावनी

  • बुधवार, पौष २९ २०७७

  • 2.1K
    SHARES

  • अनुमति बिना बौद्धिक सम्पत्ति प्रयोग नगर्न दोहोरी गीत प्रतिष्ठानको चेतावनी

    काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले लोक तथा दोहोरी गीत संगीतको व्यवसायिक बजारमा श्रष्टाहरुको बौद्धिक सम्पतिको दुरुपयोग भएको भन्दै गम्भीर आपत्ति जनाएको छ।

    साथै यस्ता हकर्त नगर्न पनि प्रतिष्ठानले सचेत गराएको छ।

    एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले श्रजक र उत्पादकको अनुमति बिना कुनै पनि गीत गैरकानुनी रुपमा प्रयोग गरेको पाइए कानुनी कारबाहीका लागि अग्रसर हुने चेतावनी दिएको छ।

    प्रतिलिपी अधिकार ऐन २०५९ र प्रतिलिपि अधिकार नियमावली २०६१ मा कुनै पनि श्रष्टाको अधिकार रहेको सिर्जना अनुमति लिएर र रोयल्टी बुझाएर मात्रै व्यवसायिक प्रयोग गर्न पाइने उल्लेख रहेको विषयमा पनि प्रतिष्ठानले सचेत गराएको छ ।

    पछिल्लो समय बजारमा व्यवसायिक रुपमा सिर्जना भएका गीत संगीत अनुमतिबिना नै प्रयोगमा आउन थालेको छ । यसले वास्तविक श्रष्टा र उनीहरुको सिर्जनालाई ओझेलमा पारेको छ।

    यदि कुनै पनि श्रष्टाको सिर्जनालाई अनुमतिबिना प्रयोग गरिएमा संस्थागत रुपमा पाइने सेवा सुविधाबाट समेत बञ्चित गर्ने चेतावनी पनि प्रतिष्ठानले दिएको छ।

     

    138327098_5163069670377327_8884129447472268223_n.jpg

     


    बुधवार, पौष २९ २०७७०५:३५:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij