Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

लिम्पियाधुरासहित कञ्चनपुर देखि झापासम्मका सीमा विवाद समाधान हुनुपर्छ : नेता लेखक

लिम्पियाधुरासहित कञ्चनपुर देखि झापासम्मका सीमा विवाद समाधान हुनुपर्छ : नेता लेखक

  • शुक्रवार, माघ २ २०७७

  • 1.1K
    SHARES

  • लिम्पियाधुरासहित कञ्चनपुर देखि झापासम्मका सीमा विवाद समाधान हुनुपर्छ : नेता लेखक

    काठमाडौं । नेपाली काँग्रेसका नेता रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक मात्रै नभई कञ्चनपुर देखि झापा सम्मका सिमा विवाद समस्या समाधान हुन्छ भन्ने अपेक्षा गरेको बताउनु भएको छ ।

    नेपाल–भारत उच्च आयोगको बैठक हुन लागेकोले देश र जनताको हितमा काम गर्न नेपाल पक्षलाई सफलताको शुभकामना पनि उहाँले दिनुभयो ।
    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता लेखकले भन्नुभयो “अहिले लिम्पियाधुरा कालापानी र लिपुलेकमा भारतीय सेना बसेका छन, ती सेना फिर्ता पठाउन आजको बैठकले ठोस निष्कर्ष निकाल्छ भन्नेमा अपेक्षा गरेको छु ।”

    नेता लेखकले अहिले हुन लागेको नेपाल भारतको छलफल सामान्य औपचारिक छलफल नभई उच्च आयोगको बैठक भएकोले सिमानाका कुराका साथै कोभिड १९ को खोपको बारेमा पनि कुरा गर्नु आबश्यक भएको बताउनुभयो।

    खोपको विषय भन्दैमा सिमा विवादको विषयलाई सामान्य रुपमा लिन नहुने नेता लेखकले जिकिर गर्नु भयो । नेता लेखकले हाम्रा विकासका साझा अबधारणामा पनि छलफल हुनु पर्ने बताउनुभयो ।

    नेता लेखकले प्रतिनिधि सभाको पुनस्र्थापना गर्ने वा चुनाव गराउने सर्वाेच्च अदालतको हातमा भएको बताउनुभयो । काँग्रेस सभापति र प्रचण्ड बिचमा बुधबारको भेटमा देउवाले सर्वोच्चको फैसला मान्ने, अदालतलाई दबाब दिन नहुने बताउनु भएको नेता लेखकले जानकारी दिनुभयो ।

     


    शुक्रवार, माघ २ २०७७०९:२५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij