Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

  • शनिवार, माघ १० २०७७

  • 722
    SHARES

  • थप २३२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २३२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

    देशभरका प्रयोगशालामा ३५४१ नमुना परीक्षण गर्दा ९१ महिला र १४१ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ । उनीहरुमध्ये २ लाख ६३ हजार ७३४ जना निको भएका छन् भने १९९४ जनाको मृत्यु भएको छ।

    हाल देशभर ३ हजार ४५२ सक्रिय संक्रमित छन् ।

    उनीहरुमध्ये ७७८ जना संस्थागत आइसोलेसनमा छन् भने १४७ जनाको आईसीयू र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


    शनिवार, माघ १० २०७७०४:४६:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij