Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रदेशसभामा कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मत हाल्छ : नेता पौडेल

प्रदेशसभामा कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मत हाल्छ : नेता पौडेल

  • शनिवार, माघ १० २०७७

  • 1.1K
    SHARES

  • प्रदेशसभामा कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मत हाल्छ : नेता पौडेल

    मोरङ — कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशसभामा कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मत हाल्ने बताएका छन्।

    विराटनगरमा शनिबार पत्रकारहरुसँगको कुराकानीमा पौडेलले कांग्रेस प्रतिपक्षी भएकाले सत्ताधारीको विपक्षमा बस्ने प्रतिपक्षीको धर्म निर्वाह गर्ने बताएका हुन्।


    प्रदेश १ र वाग्मती प्रदेशस्थित प्रधानमन्त्री केपी शर्मा ओली निकट मुख्यमन्त्री शेरधन राई र डोरमणि पौडेलविरुद्ध नेकपाका दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

    वाग्मती प्रदेशमा अविश्वासको प्रस्ताव टेबुल भइसकेको छ भने प्रदेश १ मा बुधबार हिउँदे अधिवेशन सुरु भएर अनिश्चितकालका लागि सदन स्थगित गरिएको छ ।

    ‘केन्द्र र प्रदेश दुवै ठाउँमा कांग्रेसले प्रतिपक्षीको धर्म निर्वाह गर्नेमा शंका गर्नु पर्दैन,’ उनले भने, ‘प्रदेशसभामा अविश्वासको प्रस्ताव आएपछि सत्ताधारीको विपक्षमा कांग्रेसले भोट हाल्छ ।’

    कांग्रेसले प्रदेशसभामा अविश्वासको पक्षमा मतदान गरेपछि प्रदेश १ का मुख्यमन्त्री राई र वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वास प्रदेशसभामा सिद्ध हुने र पदमुक्त हुने अंक गणित छ ।


    शनिवार, माघ १० २०७७०४:५७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij