Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

'अदालतमै सेटिङ गरेर राष्ट्रघात गर्नेले कस्तो चुनाव गराउँछ ?'

'अदालतमै सेटिङ गरेर राष्ट्रघात गर्नेले कस्तो चुनाव गराउँछ ?'

  • आइतवार, माघ ११ २०७७

  • 1.2K
    SHARES

  • 'अदालतमै सेटिङ गरेर राष्ट्रघात गर्नेले कस्तो चुनाव गराउँछ ?'


    मोरङ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले कम्युनिष्टको एजेन्डा नभइ आफ्नै एजेन्डामा जानुपर्ने बताएका छन्।


    गुराँस पुस्तकालय विराटनगरले आइतबार आयोजना गरेको ‘बरगाछी १६ औं अंक मुक्तिप्रसाद यदुनाथ चापागाई विशेषांक’ लोकार्पण कार्यक्रममा पौडेलले कांग्रेसले प्रतिनिधिसभा पुनःस्थापनाको आफ्नै एजेन्डामा अघि बढ्नुपर्ने बताएका हुन् ।

    उनले कांग्रेसमा दुई लाइन नभएको प्रस्ट पारे । ‘प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगमनकारी र सर्वसत्तावादको बाटो लिएकाले सच्चिनु पर्ने निर्णय नै कांग्रेसको लाइन हो,’ पौडेलले भने, ‘यो पार्टीको लाइन छोड्ने आफै बेलाइन भएर जान्छ ।’

    सर्वोच्च अदालतमा सेटिङ गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले कस्तो चुनाव गराउँछन् भन्ने उनले प्रश्न उठाए । पौडेलले विकासको बजेट कटौती गरी अर्बौं खर्चेर भ्रष्टाचार बढाउने चुनाव आवश्यक नभएको बताए । ‘सर्वोच्च अदालतमै सेटिङ गरेर राष्ट्रघात गर्नेले कस्तो चुनाव गराउँछ ?,’ उनले भने, ‘५ वर्षका लागि म्यान्डेट दिएका जनतालाई धोका दिँदै संविधानलाई कुल्चेर गरेको चुनाव स्वीकार्छौं?’

     


    आइतवार, माघ ११ २०७७०६:२६:३७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij