Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

३३९ कोरोना संक्रमित थपिए, स्वास्थ्य मन्त्रालयका अधिकृतको मृत्यु

३३९ कोरोना संक्रमित थपिए, स्वास्थ्य मन्त्रालयका अधिकृतको मृत्यु

  • सोमवार, माघ १२ २०७७

  • 875
    SHARES

  • ३३९ कोरोना संक्रमित थपिए, स्वास्थ्य मन्त्रालयका अधिकृतको मृत्यु

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४०१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

    हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ। हाल देशभर ३ हजार २ सय ४० सक्रिय संक्रमित रहेका छन्।

    गत चौबीस घन्टामा ४ हजार ८ सय ५८ पीसीआर परीक्षण भएको छ। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ।

    मन्त्रालयका अनुसार गत २४ घण्टामा झापाका ३, सुनसरीका २, पर्साका ३, बारामा ३, महोत्तरीमा १, सप्तरीमा २, सर्लाहीमा १, काठमाडौँमा १३३, काभ्रेमा २, चितवनमा ३४, दोलखामा १, धादिङमा २, भक्तपुरमा ८, मकवानपुरमा १ र ललितपुरमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    यस्तै कास्कीमा २३, तनहुामा ३, नवलपरासी पूर्वमा ७, पर्वतमा २, मुस्ताङमा १, म्याग्दीमा ३, लमजुङमा १, बाग्लुङमा ५, अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, गुल्मीमा २, दाङमा १२, पाल्पामा २, बर्दियामा २, बाँकेमा ३४, रुपन्देहीमा १५, रोल्पामा १, कञ्चनपुरमा २, कैलालीमा २, डढेलधुरामा २, बाजुरामा १, बैतडीमा १ जना संक्रमित थपिएका छन्।

    कोरोना भाइरसका कारण स्वास्थ्‍य मन्त्रालयकै एक कर्मचारीको पनि मृत्यु भएको छ।

    सोमबार मन्त्रालयले विज्ञप्ति निकाल्दै ५१ वर्षीय कम्‍प्युटर अधिकृत कृष्णगोपाल श्रेष्ठको मृत्‍यु भएको जनाएको छ।

    मन्त्रालयका सहप्रवक्ता समीर कुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ यस मन्त्रालयमा विगत लामो समयदेखि कार्यरत ललितपुर , गोदावरी निवासी ५१ वर्षीय कम्‍प्युटर अधिकृत श्री कृष्ण गोपाल श्रेष्ठ ज्‍यूको मिति २०७७ माघ १२ गते चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान र वीर अस्पतालमा कोभिड १९ संक्रमण भइ उपचारका क्रममा मृत्यु भएको खबरले मन्त्रालय परिवार स्तब्ध भएको छ। ‘


    सोमवार, माघ १२ २०७७०५:२१:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij