काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप ३०३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ९२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंललबार २८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ।
हाल देशभर ३ हजार २ सय ५२ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ४ हजार ५ सय ७४ पीसीआर परीक्षण भएको छ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार १७ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ संक्रमित थपिनेमा उदयपुरमा १, खोटाङका १, झापाका ३, पाँचथरका १, मोरङका १, सुनसरीका १, धनुषाका १, सप्तरीमा १, काठमाडौँमा १३४, काभ्रेमा ७, चितवनमा १९, धादिङमा १, नुवाकोटमा ३, भक्तपुरमा ७, मकवानपुरमा २ र ललितपुरमा ३१ जना रहेका छन्।
यस्तै सिन्धुलीमा ३, कास्कीमा ३२, गोरखाका २, तनहुँमा २, नवलपरासी पूर्वमा २, बाग्लुङमा ५, अर्घाखाँचीमा १, कपिलवस्तुमा ३, गुल्मीमा ५, दाङमा ४, नवलपरासीका १, पाल्पामा ४, बर्दियामा १, बाँकेमा ५, रुपन्देहीमा ८, रोल्पामा १,दैलेखमा ३, सल्यानमा १ तथा बझाङमा ६ जना संक्रमित थपिएका छन्।