Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
पहिलो दिन ९,०८४ ले लगाए खोप

कोरोना खोपबारे प्रधानमन्त्रीको दाबी विज्ञले पत्याएनन्

कोरोना खोपबारे प्रधानमन्त्रीको दाबी विज्ञले पत्याएनन्

  • बुधवार, माघ १४ २०७७

  • 782
    SHARES

  • कोरोना खोपबारे प्रधानमन्त्रीको दाबी विज्ञले पत्याएनन्


    काठमाडौँ – नेपालमा कोभिड खोप अभियानको पहिलो दिन ९ हजार भन्दा धेरैले खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो दिन देशभरका विभिन्न जिल्लामा ९ हजार ८४ जनाले खोप लगाएको जानकारी दिएको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा २६ सय ९४ जना तथा सबैभन्दा कम प्रदेश २ मा ७ सय २६ जनाले खोप लगाएका छन् ।

    यस्तै प्रदेश १ मा १२ सय ५५, गण्डकी प्रदेशमा १८ सय ३४, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिम प्रदेशमा १ हजार ८२ जनालाई कोभिड खोप लगाइएको छ ।

    यसरी खोप लगाइएका व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको मन्त्रालयले जनाएको छ । सबैभन्दा पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डाक्टर सागरराज राजभण्डारीले लगाउनुभएको थियो ।

    उहाँसँगै दोस्रो नम्बरमा डा. अनुप बाँस्तोलाले खोप लगाउनुभयो । चिकित्सकहरुले कोरोना खोपबारे नराकारात्मक धारणालाई चिर्न सुरुमै आफूहरुले खोप लगाएको बताएका छन् ।

    डाक्टर बाँस्तोताले ‘खोप लगाएपछि मरिन्छ’ भन्ने भ्रम हटाउन आवश्यक रहेको बताउनुभयो । उहाँले खोप लगाउन सुरु भएसँगै नेपालमा कोरोनाविरुद्धको नयाँ युग सुरु भएको बताउनुभयो ।

    आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको शुभारम्भ गर्नुभएको थियो । सो अवसमा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप निशुल्क लगाइ सक्ने दाबी गर्नुभयो ।

    विकसित तथा धनी मुलुकहरुले पनि कोरोनाविरुद्धको खोप प्राप्तिका लागि संघर्ष गरिरहेका बेला नेपाल जस्तो गरिब मुलुकका प्रधानमन्त्री ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप लगाइसकिने दाबी गर्नुभयो ।

    तर प्रधानमन्त्री ओलीको यो दाबी झुटो र अव्यवहारिक रहेको भन्दै विज्ञहरुले आलोचना गरेका छन् ।

    कोरोना खोप खरिदका लागि कसैसँग प्रस्ताव नै नगरेको मुलुकको प्रधानमन्त्रीले देशका तीन करोड नागरिकलाई तीन महिनामै खोप लगाउन सकिने दाबी गर्न नसुहाउने भन्दै सामाजिक सञ्जालमा पनि ओलीको आलोचना भइरहेको छ । जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनीले पनि प्रधानमन्त्रीको दाबी अव्यवहारिक रहेको बताउनुभयो ।

    भारत सरकारले नेपाललाई अघिल्लो साता अनुदानमा दिएको १० लाख कोभिशील्ड खोप पहिलो चरणमा आजदेखि वितरण सुरु भएको हो । अहिले पहिलो मात्रा खोप लिएका व्यक्तिहरूले चार हप्तापछि दोस्रो मात्रा खोप लिनुपर्ने हुन्छ ।


    बुधवार, माघ १४ २०७७०७:३२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij