एजेन्सी । अमेरिकी बायोटेक्नोलोजी कम्पनी नोभाभ्याक्सले परीक्षणका क्रममा रहेको कोभिड नोभ्याक्सिनको प्रभावकारिता ८९ प्रतिशत् रहेको दावी गरेको छ ।
संयुक्त अधिराज्यमा १५ हजार जनामा गरिएको परीक्षणमा त्यस्तो नतिजा आएको कम्पनीले जनाएको छ ।
परीक्षणमा सहभागी एक चौथाइभन्दा धेरै सर्वसाधारण ६५ वर्ष उमेर माथिका रहेको बिबिसीले उल्लेख गरेको छ ।
बेलायतबाट सुरु भएको भनिएको संक्रमण तीव्र हुने नयाँ स्वरुपको भाइरस फैलिइरहेका बेला यस्तो परीक्षण गरिएको हो ।
यो खोपले नयाँ प्रकारको भाइरसबाट समेत सुरक्षित राख्ने बताइएको छ । अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकामा देखा परेको नयाँ स्वरुपको भाइरसको संक्रमण अझै तीव्र रहेको छ ।
यस्तै, कोरोनाका कारण पुरुषको प्रजनन् क्षमतामा असर पर्ने एक अध्ययनले देखाएको छ ।
रिप्रडक्शन जर्नलमा प्रकाशित एक अध्ययनका अनुसार कोरोनाबाट गम्भीर बिरामी परेका पुरुषको वीर्यको गुणस्तरमा असर पुग्ने देखिएको हो ।
व्यक्तिको शुक्राणुको गुणस्तरमा असर परेसँगै यसले उसको प्रजनन् क्षमतामा पनि प्रभावित पार्नसक्ने बताइएको छ ।