काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा घोषणा गरेको निर्वाचन कुनै पनि हालतमा नहुने दावी गर्नुभएको छ ।
प्रधानमन्त्रीले निर्वाचनका लागि प्रतिनिधिसभा विघटन नगरेको पनि उहाँले आरोप लगाउनुभएको छ । असंवैधानिक र अलोकतान्त्रिक तवरले गरिएको प्रतिनिधिसभा विघटन जनताले नस्वीकारेको पनि नेता रावलले उल्लेख गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा नेता रावलले,“संविधानमाथि प्रहार गर्ने ओलीको कदम जनताले कदापी मान्दैँनन्, प्रतिनिधिसभा पुनस्र्थापनाको पक्षमा देशको सर्वोच्च निकाय अदालतले निर्णय गर्ने बिश्वास दाहाल–नेपाल समूहको छ, ” भन्नुभएको छ ।
उहाँले जनताले बहुमतका साथ पाँच वर्षका लागि चयन सरकारले गरेको प्रतिनिधिसभा विघटनको जनस्तरबाट समेत विरोध भइरहेको दावी गर्नुभएको छ ।