Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

थन्किएको बजेट तानेर कोरोनाको खोप

थन्किएको बजेट तानेर कोरोनाको खोप

  • शनिवार, माघ १७ २०७७

  • 711
    SHARES

  • थन्किएको बजेट तानेर कोरोनाको खोप

    काठमाडौं । सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भनेपछि अर्थ मन्त्रालय बजेटको जोहो गर्ने चटारोमा छ ।

    अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको व्यवस्था भइसकेको भने पनि विभिन्न शीर्षकमा छुट्याइएको बजेट काट्ने काम भइरहेको मन्त्रालयका अधिकारीले बताएका छन् ।

    ‘खोप किन्नुपर्ने अवस्था आयो भने अन्य कुनै शीर्षकबाट कटौती गरेर पनि बजेट व्यवस्था गर्नुपर्छ भन्ने सैद्धान्तिक सहमति भएको थियो’, मन्त्रालयका बजेट तथा योजना महाशाखा प्रमुख धनीराम शर्माले भन्नुभयो ।

    त्यहीअनुसार बजेट रकमान्तर गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । काम नगरेका आयोजनाको बजेट तानेर खोप किन्ने, ढुवानी गर्ने र लगाउने काममा खर्च व्यवस्थापन गर्ने काम भइरहेको मन्त्रालयले बताएको छ ।

    अझै कति खोप किन्नुपर्ने भनेर स्पष्ट भइनसकेको मन्त्रालयका अधिकारी बताउँछन् । खोप निःशुल्क उपलब्ध गराउने वा किन्न आर्थिक सहायता लिने विषयमा सरकारले विभिन्न तहबाट दातृ मुलुकसँग छलफल गरिरहेको छ ।

    यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।


    शनिवार, माघ १७ २०७७०७:३४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij