Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

प्रिमियर लिगमा सिटीको जित, युनाइटेड बराबरीमा रोकियो

प्रिमियर लिगमा सिटीको जित, युनाइटेड बराबरीमा रोकियो

  • आइतवार, माघ १८ २०७७

  • 1.0K
    SHARES

  • प्रिमियर लिगमा सिटीको जित, युनाइटेड बराबरीमा रोकियो

    एजेन्सी । शेफिल्ड युनाइटेडलाई १–० ले हराउँदै म्यान्चेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको अंक तालिकामा ३ अंकको अग्रता लिएको छ । सिटीले दोस्रो स्थानको म्यानेचेस्टर युनाइटेडभन्दा ३ अंक बढी बनाएको हो ।

    गएराति भएको खेलमा शेफिल्डविरुद्ध सिटीलाई विजयी गराउन ग्याब्रियल जिससले निर्णायक गोल गरे ।

    त्यस्तै, गएराति नै भएको खेलमा म्यानचेस्टर युनाइटेडले आर्सनलसँग गोलरहित बराबरी खेल्यो । यस बराबरीले उसलाई पहिलो स्थानको सिटीसँग प्रतिस्पर्धामा धक्का लागेको छ ।

    प्रिमियर लिगकै अन्य खेलमा न्युकासल युनाइटेडले एभर्टनलाई उसैको मैदानमा २–० ले हराउँदा क्रिष्टल प्यालेसले वुल्भरह्याम्पटन वान्डरर्सलाई तथा एस्टन भिल्लाले साउथह्याम्पटनलाई १–० ले हराएका छन् ।

    वेष्टब्रम र फुल्हमबीचको खेल भने २–२ गोलको बराबरीमा सकिएको छ ।


    आइतवार, माघ १८ २०७७१२:३३:३८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij