Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

  • आइतवार, माघ १८ २०७७

  • 842
    SHARES

  • थप १०५ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। 

    देशभरका प्रयोगशालामा ३ हजार ३०८ जनाको परीक्षण गर्दा ४१ जना महिला र ६४ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९५९ पुगेको छ।

    उनीहरुमध्ये २ लाख ६६ हजार ३३६ जना संक्रमणमुक्त भएका छन् भने २०२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    हाल देशभर २ हजार ५९४ जना संक्रिय संक्रमित छन्।

    उनीहरुमध्ये ८६२ जनाको होम आइसोलेसनमा छन् भने १४३ जनाको आईसीयू र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

    यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    यससँगै देशभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार २९ पुगेको छ।


    आइतवार, माघ १८ २०७७०५:४६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij