Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

४१४५ नमुना परीक्षण गर्दा १५९ जनामा कोरोना संक्रमण पुष्टि

४१४५ नमुना परीक्षण गर्दा १५९ जनामा कोरोना संक्रमण पुष्टि

  • सोमवार, माघ १९ २०७७

  • 856
    SHARES

  • ४१४५ नमुना परीक्षण गर्दा १५९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ४ हजार १४५ जनाको परीक्षण गर्दा ६१ जना महिला र ९८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।

    उनीहरुमध्ये २ लाख ६६ हजार ६०० जना संक्रमणमुक्त भएका छन् भने २०२९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    हाल देशभर २ हजार ४८९ जना संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ८४२ जनाको होम आइसोलेसनमा छन् भने १२८ जनाको आईसीयू र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


    सोमवार, माघ १९ २०७७०५:३६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij