Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुदूरपश्चिमको हिउँदे अधिवेशन माघ २६ बाट, लुम्बिनी कानुन निर्माणमा अघि

सुदूरपश्चिमको हिउँदे अधिवेशन माघ २६ बाट, लुम्बिनी कानुन निर्माणमा अघि

  • मंगलवार, माघ २० २०७७

  • 796
    SHARES

  • सुदूरपश्चिमको  हिउँदे अधिवेशन माघ २६ बाट, लुम्बिनी कानुन निर्माणमा अघि

    काठमाडौं । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन माघ २६ गतेबाट सुरु हुने भएको छ ।

    मन्त्रिपरिषद् बैठकले माघ २६ गते १ बजेदेखि प्रदेश सभाको हिउँदे अधिवेशन सुरु गर्ने निर्णय गरेको बताइएको छ ।

    कोरोना महामारीसँगै सत्तारुढ दलमा देखिएको आन्तरिक विवादले प्रदेश सभाको हिउँदे अधिवेशन सुरु गर्न ढिलाई भएको सभामुख अर्जुनबहादुर थापाले बताउनुभएको छ ।

    हिउँदे अधिवेशनको तयारी भइरहँदा तीनवटा विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएको बताइएको छ । सचिवालयका प्रवक्ता सिद्धराज चटौताका अनुसार तीनवटै विधेयक भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दर्ता गराएको छ । सत्तापक्ष दुई पक्षमा विभाजित भएपछि त्यसको असर सुदूरपश्चिम प्रदेश सरकारमा समेत परेको छ ।

    प्रदेश सभामा नेकपाबाट ३९ जना सदस्य रहेका छन् । तीमध्ये सात जना ओली पक्षमा र सभामुख र उपसभामुखबाहेक बाँँकी सदस्य दाहाल–नेपालको पक्षमा लागेका छन् ।

    यता, लुम्बिनी प्रदेश कानुन निर्माण अन्य ६ प्रदेशभन्दा अगाडी देखिएको छ । प्रदेश सभाले हालसम्म ५९ वटा विधेयक पारित गरेको तथ्यांक छ । स्थापनाको तीन वर्षमा प्रदेश सभामा ६५ वटा विधेयक दर्ता भएका थिए । ती मध्ये ५९ विधेयक पारित तथा प्रमाणीकरण भइसेकेका हुन् ।

    पाँचवटा विधेयक भने विचाराधिन अवस्थामा र एक फिर्ता भएको प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले जानकारी दिनुभएको छ ।

     

     


    मंगलवार, माघ २० २०७७०७:२४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij