Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

संविधानमा व्यापक संशोधन आवश्यक : नेता यादव

संविधानमा व्यापक संशोधन आवश्यक : नेता यादव

प्रधानमन्त्रीको गलत कदमको प्रतिफल जनताले भोग्दैँ छन् :यादव
  • शुक्रवार, माघ २३ २०७७

  • 667
    SHARES

  • संविधानमा  व्यापक संशोधन आवश्यक : नेता यादव

    काठमाडौं । जनता समाजवादी पार्टीका शिर्ष नेता राजकिशोर यादवले प्रधानमन्त्रीले विधि मिचेर र केहि नेताहरुले संविधान कमजोर बनाउन खोज्दा मुलुक संकटग्रस्त अवस्थामा पुगेको आरोप लगाउनुभएको छ ।

    प्रधानमन्त्रीले असंबैधानिक तवरले प्रतिनिधिसभा विघटन गर्दाको प्रतिफल अहिले नेपाली जनताहरुले भोगीरहेको उहाँको भनाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भन्नुभयो,“अहिले मुलुक संकटग्रस्त अवस्थामा छ, चुनाव पनि अनिश्चत छ, प्रधानमन्त्रीले संविधानमा नभएको अधिकार प्रयोग गर्दै प्रतिनिधिसभा विघटन गर्नुभयो, केहि नेता आफ्नै स्वार्थले संविधान विफल बनाउन तल्लीन छन्, अनि देशमा संकट छाएको छ ।”

    आफूहरु नेपाली जनता तथा विधि र प्रकृयाको लागि लड्ने उहाँले बताउनुभयो । समग्रमा मुलुकमा भइरहेको कुरा गलत भएको भन्दै सर्वाेच्च अदालतको निर्णयले मुलुकलाई एउटा विन्दुमा पुगाउने उहाँको तर्क छ ।

    संविधान लेख्ने बेला मेधेशका जनताकोे बारेमा नलेखिएको बताउँदै नेता यादवले संविधानमा व्यापक संशोधन आवश्यक रहेको पनि औंल्याउनुभएको छ ।


    शुक्रवार, माघ २३ २०७७०७:१७:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij