Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद :

पार्टीको विवादबारे स्वेतपत्र जारी गर्नेछौँ : प्रचण्ड

पार्टीको विवादबारे स्वेतपत्र जारी गर्नेछौँ : प्रचण्ड

पार्टीमा भएको के हो भन्ने सबै सार्वजनिक गर्ने दाबी
  • शुक्रवार, माघ २३ २०७७

  • 1.0K
    SHARES

  • पार्टीको विवादबारे स्वेतपत्र जारी गर्नेछौँ : प्रचण्ड

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवादबारे स्वेतपत्र जारी गर्न लागेको बताउनुभएको छ ।

    शुक्रबार बिहान काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पार्टीमा भएको के हो भन्ने सबै सार्वजनिक गर्ने बताउनुभयो ।

    “यो पार्टीभित्रको मात्रै विवाद होइन । यो प्रतिगमनका पक्षमा र संविधानको पक्षमा भएको हमला हो। के भएको हो हामी सबै भन्नेछौं, प्रचण्डले भन्नुभयो, अहिले किन नागरिक समाज, लेखक, बुद्धिजिवी प्रतिगमनको विरुद्धमा आएका छन् , उनीहरु कम्युनिष्ट होइनन्। यो देशका राम्रा दिमाग भएकाहरू प्रतिगमनका विरूद्धमा छन्।”

    उनले प्रधानमन्त्री केपी शर्मा ओली पक्षले नारायणहिटी अगाडि गर्न लागेको आजको सभालाई पञ्चहरूको र्‍यालीजस्तै भएको बताउनुभयो।

    “०४६ सालको आसपासमा लाखौं सडकमा आएर समेत पञ्च र्‍याली भएका थिए। त्यही भएर कसका पक्षमा कति छन् भन्नेतिर नलागौं,” उहाँले भन्नुभयो।

    संवैधानिक नियुक्ति अलोकतान्त्रिक चरित्रको पराकाष्ठा भएको प्रचण्डले भनाइ छ। ुअध्यादेश ल्याएर हतार–हतार नियुक्ति भएको छ। “सदस्यहरूलाई बोलाइएको छैन। पार्टीमा नियुक्ति गरेकै छैन भन्नुभएको थियो, उहाँले भन्नुभयो, अहिले संविधानको हत्या भएको छ। जंगली राज गरिएको छ। तपाईहरू प्रचण्ड र माधव नेपाललाई मात्र नहेर्नुस्।”

    उहाँले ओलीको त्यही कदमको विरोधको प्रतिवादस्वरूप हिजोको आमहड्ताल आवश्यक भएको बताउनुभएको छ। केही समयपछि जनताहरू आएर हप्तौं हड्ताल हुनसक्ने प्रचण्डको भनाइ छ।

     


    शुक्रवार, माघ २३ २०७७१०:१६:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij