Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद :

बख्तरबन्द गाडी घुमाउँदैमा कोही डराउँदैन : नेपाल

बख्तरबन्द गाडी घुमाउँदैमा कोही डराउँदैन : नेपाल

“ओलीले पार्टीलाई बालकोटमा लगेर चलाए हुन्छ”
  • शुक्रवार, माघ २३ २०७७

  • 1.1K
    SHARES

  • बख्तरबन्द गाडी  घुमाउँदैमा कोही डराउँदैन : नेपाल

    काठमाडौं । नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सेनाका बख्तरबन्द गाडी चक्रपथमा घुमाउँदैमा प्रधानमन्त्रीसँग कोही नडराउने बताउनुभएको छ ।

    नेता नेपालले चोइटिएको ओली समूहको इसारामा हुने कुनै पनि कामबाट नडराइने बताउनुभयो । ‘सडकमा आर्मीका बंकर प्रदर्शन गरे पनि कोही तर्सिनेवाला छैन,’ नेता नेपालले भन्नुभयो । ओलीले विधि र पद्धति मिच्दा आजको अवस्था आइलागेको पनि उहाँले बताउनुभयो ।

    ‘केपी ओली विधि, पद्धति र विचारबाट विचलित भएर एक झुण्डको नेतृत्वमा छन् । त्यो पार्टीलाई बालकोटमा लगेर चलाए हुन्छ ।’

    बिहीबार गरिएको आमहडतालका क्रममा दमन भएको पनि उहाँले विरोध गर्नुभएको छ । ओलीको निर्देशनमा प्रहरीले ज्यादती, दमन र निरंकुशता देखाएको आरोप लगाउनुभएको छ ।


    शुक्रवार, माघ २३ २०७७१०:२४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij