Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सरकारी कर्मचारीले ६ महिनामै लगे ६८ अर्ब, कुन शीर्षकमा कति ?

सरकारी कर्मचारीले ६ महिनामै लगे ६८ अर्ब, कुन शीर्षकमा कति ?

  • आइतवार, माघ २५ २०७७

  • 1.5K
    SHARES

  • सरकारी कर्मचारीले ६ महिनामै लगे ६८ अर्ब, कुन शीर्षकमा कति ?

    काठमाडौं । सरकारले चालू आर्थिक वर्षको ६ महिनामा कर्मचारीको पारिश्रमिकका लागि ६८ अर्ब ६९ करोड ४० लाख रुपैयाँ खर्च गरेको छ ।

    अर्थ मन्त्रालयले सो रकम पारिश्रमिकको लागि निकासा गरेको हो । पारिश्रमिककै लागि चालु आर्थिक वर्षका लागि १ खर्ब २० अर्ब रुपैयाँ छुट्याइएको थियो ।

    यस्तै, महँगी भत्ताका लागि २ अर्ब ७६ करोड ३२ लाख ६६ हजार रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।

    यता, कर्मचारीले बैठक भत्ताका लागि ८९ करोड, अन्य भत्ताअन्तर्गत ५० लाख र पदाधिकारीको पारिश्रमिक बाहेकका सुविधाका लागि ६ करोड ४५ लाख रुपैयाँ खर्च गरेको छ । सरकारले नियुक्त गरेको पदाधिकारीको पारिश्रमिकका लागि मात्र ९४ करोड खर्च गरेको छ ।

    सरकारले चालू आर्थिक वर्षमा मेशनरी तथा औजार किन्न १ अर्ब २४ करोड रुपैयाँ खर्च गरेको छ ।

    सरकारी कर्मचारीहरु भ्रमणमा ठूलो रकम सिध्याएको भन्दै आलोचना हुने गरे पनि यसपटक भने ६ महिनाभित्र कुनै भ्रमण खर्च भएको छैन । कोरोना भाइरस महामारीका कारण यस्तो भएको अनुमान गर्न सकिन्छ ।

    कोरोनाको कारण भ्रमण नहुँदा सरकारले छुट्याएको सो शीर्षकको खर्च भने नभएको अर्थ मन्त्रालयलले जनाएको छ । सरकारले चालु आर्थिक वर्षमा १ अर्ब रुपैयाँ भ्रमण खर्च छुट्याएको थियो ।

     


    आइतवार, माघ २५ २०७७०३:४०:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij