Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि

  • आइतवार, माघ २५ २०७७

  • 588
    SHARES

  • नेपालमा थप ११९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार २ सय ६० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ।

    हाल देशभर १ हजार ८ सय १५ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा २ हजार २ सय ५१ पीसीआर परीक्षण भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

    हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ३८ पुगेको छ।


    आइतवार, माघ २५ २०७७०५:५१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij