Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद :

प्रचण्डले प्रधानमन्त्री बन्ने दिवा सपना नदेखे हुन्छ : थापा

प्रचण्डले प्रधानमन्त्री बन्ने दिवा सपना नदेखे हुन्छ : थापा

“माधव नेपालले धर्म संस्कृति र संविधान सबै मिचे”
  • बिहिवार, माघ २९ २०७७

  • 1.7K
    SHARES

  • प्रचण्डले प्रधानमन्त्री बन्ने दिवा सपना नदेखे हुन्छ : थापा

    काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न पुष्पकमल दाहाल प्रचण्डले तथानाम बोल्दै हिडेको आरोप लगाउनुभएको छ ।

    प्रचण्डले प्रधानमन्त्री बन्ने दिवा सपना देखेको बताउँदै उहाँले धम्काउदैँमा अदालतले आफ्नो निणर्य नबदल्ने पनि दावी गर्नुभएको छ ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले दाहाल–नेपाल पक्षले निर्वाचन आयोगलाई धम्काएको आरोप लगाउदैँ आयोगले कसैको धम्किले नभई संबैधानिक तवरले काम गर्ने पनि स्पष्ट पार्नुभएको छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भन्नुभयो,“दाहाल–नेपाल समूहले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई धम्कि दिएर यस्तो हुनैपर्छ नभए आँधी हुरी आउँछ भनेर भन्नु गलत हो, संबैधानिक निकायहरुले कानुन र प्रमाण हेरर निर्णय गर्ने गरेका छन्, उहाँहरु कोहो यस्तो निर्णय हुनैपर्छ भन्ने ।”

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथमा जलारी लगाउने विषयमा पशुपति विकास कोषसँग रकम अपुग भएकाले प्रधानमन्त्री ओलीले सरकारकातर्फबाट सहयोग गर्ने निणय गरेको पनि जानकारी दिनुभएको छ ।

    उहाँले माधव नेपालले धर्म संस्कृति, संविधान सबै मिचेको टिप्पणी पनि गर्नुभयो । उहाँले भन्नुभयो,“पाप र धर्मको हिसाब–किताब हुँदा माधव नेपाल सबैभन्दा पहिला नर्कमा जानुहुन्छ, उहाँ के पाप के धर्म भनेर फैसला गर्ने यमराज होईन, त्यसैले यसको फेसलाको जिम्मा ईश्वर मै छोडिदिए हुन्छ ।”

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले देशलाई उचित निकास दिन र विकासको गति दु्रत बनाउन निर्वाचन अपरीहार्य रहेको पनि औँल्याउनुभएको छ ।

     

     


    बिहिवार, माघ २९ २०७७०६:५९:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij