Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

जनयुद्ध पीडितको घाउमा मलहम लगाउन चुकेका छौं : तामाङ

जनयुद्ध पीडितको घाउमा मलहम लगाउन चुकेका छौं : तामाङ

  • शनिवार, फाल्गुण १ २०७७

  • 983
    SHARES

  • जनयुद्ध पीडितको घाउमा मलहम लगाउन चुकेका छौं : तामाङ

    काठमाडौं । नेपाल कस्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले शनिबार विगतमा जस्तै जनयुद्ध दिवस मनाउने बताउनुभएको छ ।

    सामन्तबादको अन्त्यको सम्झनामा पनि यो दिवस मनाउनुपर्ने उहाँले जानकारी दिनुभयो । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता तामाङले भन्नुभयो,“हिजो नेकपा एक ढिक्का हुँदा पनि यो दिवस मनाएका थियौं आज पनि मनाउँछौँ । २०६२–६३ बाट नै सशस्त्र विद्रोह छोडेर शान्ती प्रक्रिया सुरु भएकाले दिवस मनाउनु अपरिहार्य छ ।”

    जनयुद्धमा आफन्त गुमाएका परिवारको विचल्ली भएको भन्दै पार्टीभित्र विवाद हुँदा उनीहरुको विषयमा केहि गर्न नसकेको पनि उहाँले स्वीकार्नुभयो ।फरक प्रसंगमा नेता तामाङले राज्य संयन्त्र चेलीबेटीको सुरक्षा गर्न चुकेको आरोप लगाउनुभएको छ ।

    सरकारले बलात्कारजस्ता जघन्य अपराध निर्मूल पार्न कडा भन्दा कडा कदम चाल्नुपर्ने उहाँको तर्क छ । उहाँले भन्नुभयो,“कानुन कडा नबन्दा बलात्कारी प्रसय पाइरहेका छन्, त्यसैले बलात्कारीको अंग नै काट्ने कानुन आवश्यक भएको छ ।”

    उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली ल्याउनाले आर्थिक फाइदा हुने पनि बताउनुभयो ।


    शनिवार, फाल्गुण १ २०७७०७:०६:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij