Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

संसद् विघटनविरुद्धको रिटमा निवेदकले आइतबारदेखि जवाफ दिने, कहिले आउला अन्तिम फैसला ?

संसद् विघटनविरुद्धको रिटमा निवेदकले आइतबारदेखि जवाफ दिने, कहिले आउला अन्तिम फैसला ?

  • शनिवार, फाल्गुण १ २०७७

  • 713
    SHARES

  • संसद् विघटनविरुद्धको रिटमा निवेदकले आइतबारदेखि जवाफ दिने, कहिले आउला अन्तिम फैसला ?

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आइतबारदेखि रिट निवेदकले जवाफ दिने भएका छन् ।

    कानुन व्यवसायीहरुको बहस सकिएकाले आइतबारदेखि रिट निवेदकहरुले जवाफ दिने सर्वोच्चले जनाएको छ ।

    प्रधानमन्त्रीको तर्फबाट अर्थात् रिटकोविरुद्धमा गत माघ १९ गतेदेखि बहस सुरु भएको थियो । आइतबार रिट निवेदकहरुले सरकारी पक्षबाट उठेका प्रश्नको जवाफ दिनेछन् ।

    रिट निवेदकको तर्फबाट बहस सकिएपछि एमिकस क्युरीको बहस सुरु हुनेछ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा अबको एक हप्ताभित्र फैसला आउने सम्भावना रहेको सर्वोच्च अदालतले जनाएको छ ।

    गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको खारेज र संसद् पुनःस्थापनाको माग राखेर सर्वोच्चमा १३ वटा रिट परेका छन् ।

     


    शनिवार, फाल्गुण १ २०७७१२:१३:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij