Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रणय दिवस अविस्मरणीय बनाउने ८ उपाय :

प्रणय दिवस अविस्मरणीय बनाउने ८ उपाय :

  • आइतवार, फाल्गुण २ २०७७

  • 1.5K
    SHARES

  • प्रणय दिवस अविस्मरणीय बनाउने ८ उपाय :

    ज प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डे हो । यो दिवस हरेक वर्ष १४ फेब्रुअरीका दिन विश्वका अधिकांश ठाउँमा मनाउने गरिन्छ । यो दिन प्रेमी–प्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेषगरी, आज युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने गर्दछन् । युवापुस्तामा भने प्रेम दिवस अलि बढी नै लोकप्रिय मानिन्छ ।

    प्रणय दिवस इटलीका तत्कालीन तानाशाही शासक क्लाउडियसको विरुद्धमा उत्रिएका सेन्ट भ्यलेन्टाइनलाई मृत्युदण्ड दिएको दिनको सम्झनामा मनाउन थालिएको किंबदन्ति छ ।

    949986-kajol-ajay-devgn.jpg

    विश्वव्यापीकरणको प्रभावसँगै केही वर्षयता यो दिवस नेपालमा पनि भित्रिएको छ । विशेषगरी युवापुस्ताले यसको अनुशरण गरेको पाइएको छ । वास्तवमा प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि यो विशेष दिन हो । प्रेमी र प्रेमिकाले आफ्नो प्रेमको सफलतामा खुसी प्रकट गर्दै भविष्यमा अझै गाढा प्रेम बसोस् भनेर कामना गर्ने दिन पनि हो ।

    भ्यालेन्टाइन्स डे विशेष बनाउन ठूलै योजना बनाएर घुम्ने र धेरै पैसा खर्च गर्नुपर्छ भन्ने छैन । आजको दिनलाई यसरी सामान्य ढंगले मनाएर पनि स्मरणीय बनाउन सकिन्छ ।

    2-valentine-day-photography.jpg

    १. दिनको सुरुवात र अन्त्य विशेष बनाउनुहोस्

    अन्य दिनभन्दा आजको दिन विशेष बनाउन आवश्यक छ । त्यसका लागि बिहानको सुरुवाती र रातको अन्त्यमा सम्बन्ध अझ प्रगाढ बनाउने कोसिस गर्नुहोस् । एक–अर्कालाई मनपर्ने क्रियाकलाप गर्न सकेमा आजको दिन अविश्मरणीय हुन सक्छ । त्यस्तै, आफ्नो जीवनसाथी वा प्रेमी–प्रेमिकासँगै मनपर्ने खाना खाएर र उपहार साटासाट गरेर यो दिनलाई विशेष बनाउन सकिन्छ ।

    २. सरप्राइज दिनुहोस्

    6f0c5-02-15-antonella_88717827.jpg

    सरप्राइज दिँदा प्रायः हरेक मानिस खुसी हुने गर्छन् । यसर्थ, आफ्नो प्रेमी–प्रेमिकालाई खुसी बनाउन पनि कुनै विशेष सरप्राइज दिन उपयुक्त हुन्छ । त्यसका लागि, मनपर्ने परफ्युम, गहना, कपडा, घुम्न जाने टिकट आदि दिन सकिन्छ ।

    ३. एक–अर्कासँग प्रशस्त समय बिताउनुहोस्

    प्रणय दिवसजस्तो विशेष दिनमा एक–अर्कासँग समय बिताउनु नै सबैभन्दा ठूलो उपहार हो । यसका लागि, घरमै वा बाहिर दुवैजनालाई मनपर्ने ठाउँ रोज्न सकिन्छ । र, सो ठाउँमा प्रशस्त समय बिताउन सकिन्छ ।

    ४. योजना बुन्नुहोस्

    आफ्नो प्रेमी वा प्रेमिकालाई खुसी बनाउन कुनै विशेष योजना बनाउनुहोस् । यसका लागि आफूले भेट्ने ठाँउमा फूल, र उपहारले सजाउन पनि सक्नुहुन्छ । यसबाहेक एक–अर्काका विशेष हुनका लागि मन पर्ने परफ्युम, ड्रेसअप लगाउन आवश्यक छ ।

    ५. वातावरण रोमान्टिक बनाउनुहोस्

    christmas-couple-scaled-e1603900297961.jpg

    वातावरण रोमान्टिक बनाउन फूल, चकलेट आदि प्रयोग गर्न सकिन्छ । एक–अर्कासँग टाढा भएका जोडीले फूल तथा उपहार पठाउन सकिन्छ । वैज्ञानिक तथ्यअनुसार फूलले मानिसमा सकारात्मक प्रभाव पार्छ । त्यसैले, सरप्राइजको रूपमा फूल पाउँदा सम्बन्ध प्रगाढ बनाउन अझ मद्दत पुग्छ ।

    ६. लभलेटर, गीत वा कविता लेख्नुहोस्

    आफ्नो जीवनमा प्रेमी वा प्रेमिकाको महत्व झल्काएर सम्बन्ध अझ प्रगाढ बनाउन आवश्यक छ । यसर्थ, उसका लागि लभलेटर, गीत वा कविता लेख्ने कोसिस गर्नुहोस् । र, गाउने वा वाचन गर्ने पनि गर्नुहोस् । यसले प्रेमी वा प्रेमिकालाई थप आकर्षित बनाउन सहयोग गर्छ । अझ माहोल रमाइलो बनाउन मनपर्ने गीतमा लिप्सिङ गरेर पललाई थप रोमान्टिक बनाउन पनि सक्नुहुन्छ ।

    promo (29).jpg

    ७. टिकटक बनाउनुहोस्

    सामाजिक सञ्जाल र प्रविधिको विकाससँगै अहिले टिकटकको जमाना छ । आजको दिनमा टिकटकलाई सदुपयोग गर्नुहोस् । रोमान्टिक गीतमा टिकटक बनाउनुहोस् । र, सामाजिक सञ्जालहरुमा सेयर गर्नुहोस् ।

    ८. दुवैलाई मनपर्ने कुनै काम गर्नुहोस्

    आज सकभर दुवैलाई मनपर्ने कुनै काम गर्न सकिन्छ । तर, यही नै गर्नुपर्छ भन्ने छैन । यद्यपि, आज सँगै बसेर काम गरेमा झनै रमाइलो महसुस गर्न सकिन्छ । समय भएमा कतै टाढा पनि जान सकिन्छ ।

    EuKcACwXUAAhc-I.jpg

    (एजेन्सीको सहयोगमा)

     


    आइतवार, फाल्गुण २ २०७७११:४७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij