Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काँग्रेस सर्वोच्चको फैसला कुरिरहेको छ : नेता लेखक

काँग्रेस सर्वोच्चको फैसला कुरिरहेको छ : नेता लेखक

  • शनिवार, फाल्गुण ८ २०७७

  • 981
    SHARES

  • काँग्रेस सर्वोच्चको फैसला कुरिरहेको छ : नेता लेखक

    काठमाडौं । नेपाली काँग्रेसका नेता रमेश लेखकले पार्टीले कम्युनिष्टले भत्काएको संसद्लाई पुनर्निर्माण गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक, असंवैधानिक र अधिनायकवादी तवरले संसद् विघटन गरेकाले काँग्रेस निरन्तर त्यस्को विरोध गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै नेता लेखकले भन्नुभयो,“नेपाली जनताले कुनैपनि व्यक्ति विशेषलाई नभएर नेपाल कम्युनिष्ट पार्टी नेकपालाई पाँच वर्षको म्यान्डेट दिएर सरकारमा पठाएको हो, संसद् विघटनविरुद्धको रिट सर्वोच्चमा विचाराधीन रहेको छ, त्यसैले अदालतको जे फैसला पनि काँग्रेसले स्वीकार्ने छ ।”

    लोकतन्त्र र संविधान जोगाउन एकिकृत र संगठित भएर सर्वोच्च अदालतको निर्णय पर्खेर बसको बताउनुभयो ।


    शनिवार, फाल्गुण ८ २०७७०७:११:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij