Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अन्ततः तय भयो प्रदेश १ का मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूचि

अन्ततः तय भयो प्रदेश १ का मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूचि

  • आइतवार, फाल्गुण ९ २०७७

  • 1.3K
    SHARES

  • अन्ततः तय भयो प्रदेश १ का मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूचि

    काठमाडौं । प्रदेश १ सभाको आजको बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबल हुने भएको छ । बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूचि तय गरिएको हो । सभामुख प्रदीपकुमार भण्डारीले कार्य परामर्श समितिको बैठक नबसाइ बैठक सञ्चालनको तयारी गर्नुभएको छ ।

    प्रदेशसभा बैठक बस्ने भएपछि नेकपाको दुवै पक्ष र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस आन्तरिक रणनीति बनाउन छलफलमा जुटेका छन् । नेताहरु समूहगत छलफलमा व्यस्त हुँदा दुई बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

    यसअघि आजको बैठक स्थागित गर्न मुख्यमन्त्री राईले आग्रह गरे पनि सभामुख भण्डारीले अस्वीकार गरेपछि बैठक बस्ने निश्चित भएको हो ।
    सभामुखले अविश्वासको प्रस्तावका बारेमा छलफल गराउन चाहेपछि सत्तापक्षका सांसदहरू मुख्यमन्त्री कार्यालयमा भेला भएका छन् ।

    यता, सत्तापक्षले छुट्टै बैठक गरेपछि त्यसबाहेकका दल तथा विपक्षीहरू सभामुखसँग छलफलमा जुटेका छन् । बैठकमा सहभागी हुन प्रदेशसभा सदस्यहरु पुग्ने क्रम जारी छ ।

    भीम आचार्यलाई मुख्यमन्त्री बनाउन माग गर्दै नेकपा प्रदेशका १ का ६६ मध्ये ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । हस्ताक्षर फिर्ता लिने सांसदको संख्या ४ पुगिसकेको छ । सभामुखसहित प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । अब अविश्वास प्रस्तावको पक्षमा ३३ सांसद छन् ।

     


    आइतवार, फाल्गुण ९ २०७७०३:३३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij