Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा थपिए १२५ जना संक्रमित, सबैभन्दा धेरै कहाँ?

२४ घण्टामा थपिए १२५ जना संक्रमित, सबैभन्दा धेरै कहाँ?

  • सोमवार, फाल्गुण १० २०७७

  • 1.1K
    SHARES

  • २४ घण्टामा थपिए १२५ जना संक्रमित, सबैभन्दा धेरै कहाँ?

    काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा मोरङमा १, बारामा ३, रौतहटमा १, काभ्रेका ४, चितवनमा ९, भक्तपुरमा ६, मकवानपुरका २ र ललितपुरमा ४ जना संक्रमित थपिएका छन्।

    यस्तै सिन्धुपाल्चोकका १, कास्कीमा १७, गोरखाका १, तनहुँका २, नवलपरासीपुर्वमा ४, बागलुङमा १, कपिलवस्तुका १, दाङमा ९, पाल्पामा १, प्युठानका १, बर्दियाका १, बाँकेमा ३, रुपन्देहीमा ४, रोल्पाका १, कञ्चनपुरका १, कैलालीका ४ तथा डोटीका १ जनामा संक्रमण पुष्टि भएको छ।

    सोमबार थप ९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६९ हजार ९६६पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा सोमबार थप ५२ जनामा संक्रमण पुष्टि भएको छ।

    मन्त्रालयका अनुसार काठमाडौँका ४२, भक्तपुरका ६ तथा ललितपुरका ४ जनामा संक्रमण पुष्टि भएको हो। हाल देशभर १ हजार ५ सय २९ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ३ हजार ६ सय ८१ पीसीआर परीक्षण भएको छ।

    गत चौबीस घन्टामा ४३ जना संक्रमितको आईसीयुमा तथा ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ६१ पुगेको छ।


    सोमवार, फाल्गुण १० २०७७०५:२४:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij