काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना असंभव रहेको ठोकुवा गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले यस्तो ठोकुवा गर्नुभएको हो ।
प्रेस सल्लाहकार थापाले प्रचण्ड र माधव प्रधानमन्त्री बन्ने सम्भावना शून्य बराबर रहेको दाबीसमेत गर्नुभएको छ । उहाँहरु दुईजना प्रधानमन्त्री हुने कल्पना गर्नु भनेको गोरु ब्याएर बिगौती खान खोजेजस्तै रहेको उहाँको भनाइ छ ।
‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व(प्रधानमन्त्रित्व)मा नयाँ सरकार बन्ने सम्भावना त शून्य बराबर, अर्थात् असंभव नै छ’, उहाँले लेख्नुभएको छ, ‘यो गोरू ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो ! कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाओैं !’
