Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ८४ डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ८४ डिस्चार्ज

  • बिहिवार, फाल्गुण १३ २०७७

  • 622
    SHARES

  • पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना संक्रमण पुष्टि,  ८४  डिस्चार्ज

    काठमाडौँ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७६७ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाले १ जनाको मृत्यु भएको छ । यसैगरी विभिन्न समयमा कोरोनाले ज्यान गुमाएका थप ८२ जनाको विवरण प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

    योसहित हिजोको तथ्यांकमा थप ८३ मृतकको संख्या थपिएको छ । मन्त्रालयका अनुसार योसहित हाल नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख २ हजार ७६७ पुगेको हो ।

    थप ११२ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप ११२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

    देशभरका प्रयोगशालामा ३ हजार ४११ जनाको नमुना परीक्षण गर्दा ५२ जना महिला र ६० जना पुरुष गरी कुल ११२ जनामा संक्रमण पुष्टि भएको हो ।

    यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ । उनीहरु मध्ये २ लाख ७० हजार २२३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ८४ जना संक्रमणमुक्त भएका हुन् ।

    हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८८२ रहेको छ ।


    बिहिवार, फाल्गुण १३ २०७७०४:४२:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij