Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीले नैतिकताले नै राजीनामा नदिनुभएको हो : भट्टराई

प्रधानमन्त्रीले नैतिकताले नै राजीनामा नदिनुभएको हो : भट्टराई

  • शनिवार, फाल्गुण १५ २०७७

  • 1.1K
    SHARES

  • प्रधानमन्त्रीले नैतिकताले नै राजीनामा नदिनुभएको हो : भट्टराई

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले २३ गते बस्ने संसद् बैठक अस्वीकार गर्ने पक्षलाई पार्टीको विधान र प्रतिनिधिसभाको नियमावलि अनुसार कारबाही प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

    उहाँले बैठक नमान्नेहरुलाई संसदीय व्यवस्थाको मूल्य मान्यता, कानुन र संविधानअनुरुप प्रक्रिया अघि बढ्ने उल्लेख गर्नुभएको छ ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै उहाँले आफ्नै दलको नेतालाई हटाउन अरु पार्टीसँग मिलेर खेल खेल्ने प्रवृत्ति दाहाल–नेपाल पक्षले ल्याएको आरोप पनि लगाउनुभयो ।

    विगतमा भारतले नेपालमा नाकाबन्दी गर्दा एक शब्द नबोल्ने पुष्पकमल दाहाल प्रचण्डले अहिले नेपाली काँग्रेस र जनता समाजवादी पार्टी जसपासँग मिलेर सरकारबन्दा भारतलाई सहज हुन्छ भन्नु पछिको नियत पनि जनताले बुझिसकेको सचेतक भट्टराईले स्पष्ट पार्नुभयो ।

    कानुनीरुपमा नेकपा फुटिनसेकाले दलको अध्यक्षको अध्यक्षतामा बसेको र महासचिवले औपचारिक रुपमा बोलाएको बैठक मात्र आधिकारीक हुने उहाँले उल्लेख गर्नुभएको छ ।प्रधानमन्त्रीले नैतिकताका हिसाबले नै राजीनामा नदिएको सचेतक भट्टराईको भनाइ छ ।

    उहाँले भन्नुभयो,“प्रधानमन्त्रीले देशलाई संकटमा फस्नबाट जोगाउन प्रतिनिधिसभा विघटन गरेकाले उहाँले राजीनामा दिनुपर्ने कुनै उचित कारण छैन् ।”


    शनिवार, फाल्गुण १५ २०७७०६:४०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij