Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images
नेकपा विवाद :

सुरक्षा थ्रेट भयो भन्नु ओलीको नाटक हो : नेता खतिवडा

सुरक्षा थ्रेट भयो भन्नु ओलीको नाटक हो : नेता खतिवडा

“प्रधानमन्त्री ओली नै सांसद खरिद विक्रिको खेलमा छन्”
  • मंगलवार, फाल्गुण १८ २०७७

  • 1.3K
    SHARES

  • सुरक्षा थ्रेट भयो भन्नु ओलीको नाटक हो : नेता खतिवडा

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको दाहाल–नेपाल समूहका नेता जगन्नाथ खतिवडाले आफुमाथि सुरक्षा थ्रेट भयो भन्नु प्रधानमन्त्री केपी शर्मा ओलीको नाटक मात्रै भएको बताउनुभएको छ ।

    जनताको ध्यान आफुतिर तान्ने ओलीले काल्पनिकरुपमा दुष्स्वप्न देखेको पनि उहाँले उल्लेख गर्नुभयो ।

    नेपाली रेडियो नेटर्वकको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुरा गर्दै नेता खतिवडाले भन्नुभयोे,“सुरक्षा थ्रेट त प्रधानमन्त्रीलाई होईन, उहाँको विपक्षमा रहेका नेताहरुलाई पो छ त, उहाँको यो नाटक हो, आफैँ उहाँले छेउछाउमा बम पट्काउनु होला अथवा पटाका पट्काएर सुरक्षा थ्रेट भयो भन्नु होला, नत्र उहाँमाथि कुनै किसिमको थ्रेट छैन् ।

    फरक प्रसंगमा नेता खतिवडाले प्रधानमन्त्री ओलीले सांसद खरिद विक्रि गरिरहेको आरोप लगाउनुभएको छ ।

    सांसद खरिद विक्रि हुन्छ भनेर संसद् विघटन गरेको सार्वजनिक कार्यक्रममा भाषण गर्दै हिड्ने प्रधानमन्त्री ओलीले अहिले आफैँ सांसद खरिद विक्रि गरिरहेको टिप्पणी गर्नुभयो ।

    उहाँले भन्नुभयो,“प्रधानमन्त्री ओली आफैँ सांसद खरिद विक्रिको खेलमा लाग्नुभएको छ, दाहाल–नेपाल समूहले कुनै पनि सांसदलाई न खरिद गरेको छ, न विक्रि गरेको छ बरु पार्टीको मुलधार यो हो, यतातिर आउनुहोस् भनेर अनुरोध गरेको छौँ ।”

    निर्वाचन आयोगले आफ्नो समूहलाई आधिकारीकता दिनुपर्ने दावी गर्दै नेता खतिवडाले आयोगकै कारण पार्टीका धेरै काम अवरुद्ध भएको पनि उल्लेख गर्नुभएको छ ।

    उहाँले प्रधानमन्त्रीमा सामान्य शिष्टता र नैतिकता भइदिएको भए अहिलेसम्म राजीनामा दिएसक्नुपर्ने बताउनुभयो ।

    गल्ति गरेकोमा क्षमायाचना गरेपछि मात्रै प्रधानमन्त्रीसँग एकताबारे सोच्न सकिने नेता खतिवडाले स्पष्ट पार्नुभयो ।


    मंगलवार, फाल्गुण १८ २०७७०६:३१:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij