काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक बस्ने भएको छ ।
सोमबार (हिजो) सिंहदरबारमा बसेको सचिवालय बैठकले मंगलबार (आज) स्थायी समिति बैठक र बुधबार (भोली) केन्द्रीय समिति बैठक बोलाएको हो ।
बैठकमा सक्कल नागरिकता र पार्टीको परिचयपत्रसहित अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको छ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले पार्टीको आधिकारिकताको लागि आफूहरुले गरेको दाबीका आधारमा संविधान र दल ऐन अनुरुप छिट्टै निर्णय गर्नका निम्ति निर्वाचन आयोगलाई अनुरोध गर्ने जानकारी दिनुभयो ।
उहाँले संसद् पुन्स्र्थापना पछि देशको अवस्था तथा संसद् अधिवेशनबारे छलफल गर्न स्थायी र केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरिएको बताउनुभएको छ ।
उक्त समूहको सचिवालयले केन्द्रीय समिति बैठक बुधबार (भोली) दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बोलाएको छ ।