Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

नेपालमा थप ७८ जनामा कोरोना संक्रमण,७२ जना संक्रमणमुक्त

नेपालमा थप ७८ जनामा कोरोना संक्रमण,७२ जना संक्रमणमुक्त

  • मंगलवार, फाल्गुण १८ २०७७

  • 651
    SHARES

  • नेपालमा थप ७८ जनामा कोरोना संक्रमण,७२ जना संक्रमणमुक्त

    काठमाडौं । नेपालमा थप ७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७८ जनामा संक्रमण पुष्टि भएको हो ।योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार २ सय ९४ पुगेको छ । नेपालमा ९ सय ७४ सक्रिय संक्रमित रहेका छन् ।

    पछिल्लो २४ घण्टामा थप ७२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ५ सय ४३ रहेको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७७ रहेको छ ।

    हालसम्म देशभर २१ लाख ७० हजार १ सय १२ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ६२ जना रहेका छन् ।

     


    मंगलवार, फाल्गुण १८ २०७७०४:५७:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij