एजेन्सी । भारतको झारखण्डको पश्चिमी सिंहभूमि जिल्लामा बिहीबार माओवादी विद्रोहीले सुरुङमा विस्फोट गराउँदा तीन प्रहरीको मृत्यु भएको छ ।
बिबिसीका अनुसार विद्रोहीले सुरुङमा विस्फोटक पदार्थ जडान गरेका थिए । सुरुङ विस्फोटनकै घटनामा अन्य दुई प्रहरी घाइते भएको बताइएको छ ।
घाइतेहरुलाई हेलिकोप्टरबाट राँची ल्याइएको छ । त्यहाँस्थित मेडिका अस्पतालमा उनीहरुको उपचार भइरहको छ ।
विद्रोहीको आक्रमणमा परेका प्रहरीहरु झारखण्डस्थित जगुआर के एसल्ट ग्रुप–११ का हुन् ।
मृतक प्रहरीहरुको नाम कन्सटेबल हार्डवर शाह, किरण सुरिन र देवेन्द्र पण्डित रहेको बताइएको छ ।
हाल प्रहरीले विद्रोहीहरुको खोजी कार्य जारी राखेका छन् ।