Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

दोस्रो पटक नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

दोस्रो पटक नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

  • शुक्रवार, फाल्गुण २१ २०७७

  • 1.1K
    SHARES

  • दोस्रो पटक नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

    काठमाडौं । प्रचण्ड(माधव नेपाल पक्षीय नेकपाले संसदीय दल औपचारिक रुपमा विभाजन गरेको छ । शुक्रवार बसेको सो पक्षका दलको बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो पटक दलको नेता चयन गरेसँगै दल विभाजनले औपचारिकता पाएको हो ।

    ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षमा बसेको बहुमत सांसदको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको सांसद झपट रावलले  जानकारी दिए । दलको नेतामा प्रचण्डको नाम माधव नेपालले प्रस्ताव गरेका थिए भने पम्फा भुसालले समर्थन गरेकी थिइन् ।

    प्रचण्ड यसअघि पुस ८ गते पनि दलको नेता चयन भएका थिए । तर, सर्वोच्च अदालतको फैसलाले पुस ५ पछिका सबै कार्यलाई शून्यअवधि मानेकाले वैधानिकताका लागि पुनः दलको नेता चयन गरिएको रावलले बताए ।

    प्रचण्ड(माधव पक्षीय दलको बैठकले दलको नेताबाट केपी ओली र उपनेता सुवास नेम्वाङ तथा सचेतक शान्ता चौधरीलगायतमाथि गरेको कारवाहीलाई अनुमोदन गरेको उनले जानकारी दिए ।


    शुक्रवार, फाल्गुण २१ २०७७०४:०३:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij