Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

नेकपाको बोर्ड हटाएर धुम्बाराहीमा राखियो एमालेको बोर्ड

नेकपाको बोर्ड हटाएर धुम्बाराहीमा राखियो एमालेको बोर्ड

  • मंगलवार, फाल्गुण २५ २०७७

  • 916
    SHARES

  • नेकपाको बोर्ड हटाएर धुम्बाराहीमा राखियो एमालेको बोर्ड

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा एमालेको बोर्ड राखिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बोर्ड हटाएर आज एमालेको बोर्ड राखिएको हो ।

    धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको पार्टी सचिवालयले जनाइएको छ ।
    आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।

    अदालतको फैसलाबाट उत्साहित भएका ओली पक्षधर नेता कार्यकर्ताले सोमबारनै काभ्रे, नुवाकोटलगायत देशका विभिन्न जिल्लामा एमालेको बोर्ड राख्न थालिएको थियो ।

    अधिकांश जिल्लामा एमालेको साइनबोर्ड राखिसकेका थिए । देशभरका अधिकांश नेकपा कार्यालय भवनहरु एमालेकै भएकाले साइनबोर्डमात्र फेरे पुग्ने भएको नेताहरुले बताएका छन् ।

    ‘केन्द्रदेखि सबै तहका कार्यालयहरू अब एमालेकै नाममा फर्किएको छ’, एमाले केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजाले भन्नुभयो ।

     


    मंगलवार, फाल्गुण २५ २०७७११:२०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij